Logo

इटहरीमा पहिलो पटक प्रदेश नं. १ स्तरीय मेकअप प्रतियोगिता हुने

न्युजडेस्क
२०७६ भदौ १ , आईतबार ०४:०८ मा प्रकाशित

इटहरीमा पहिलो पटक प्रदेश नं. १ स्तरीय तिज विशेष मेकअप प्रतियोगिता हुने भएको छ । पेश्को मेकअप स्टुडियो एण्ड सृजना ब्युटी पार्लरले आयोजना गर्न लागेको उक्त प्रतियोगिता ईटहरीको उद्योग बाणिज्य संघको सभाहलमा हुनेछ ।यस प्रतियोगितामा उत्कृष्ट हुनेले पाउने छ नगद रु १० हजार ।यही भदै १२ गते तीजको अवसर पारेर उद्योग बाणिज्य संघको सभाहलमा प्रदेश नं। १ स्तरीय मेकअप कम्पिटिसन हुने लागेको पेश्को मेकअप स्टुडियो एण्ड सृजना ब्युटी पार्लरकी संचालिका मनिता तामाङले जानकारी दिन ।

कार्यक्रममा प्रदेश नं। १ का विभिन्न स्थानहरुबाट करिब ३० जना प्रतिस्पर्धीहरुले सहभातिता जनाउने छन् भने सहभागी मध्ये प्रथम, दोस्रो र तेस्रो हुने प्रतिस्पर्धीले क्रमश १० हजार ५ हजार र ३ हजार नगदरासीले सम्मान गर्ने कार्यक्रमका आयोजकले जानकारी दिएको छ ।

कार्यक्रममा नेपालका चर्चित मेकअप आर्टिस्ट ए आर डेन द व्युटी पोइन्टका राजेश घिमिरे प्रमुख जर्जकाे रहनुका साथै डिजाइनर निलिमा थुलुङ पराजुली र दिनेस कोइरालाले जज्को रुपमा रहनेङ पराजुली र दिनेस कोइरालाले जज्को रुपमा रहनेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?