Logo

लिग टु क्रिकेटमा ओमानको लगातार दोस्रो जित

कैलाश
२०७६ साउन ३१ , शुक्रबार ०३:०८ मा प्रकाशित

साउन ३१, एजेन्सी ।
एकदिवसीय विश्वकप क्रिकेटको छनोट अन्र्तगत लिग टु प्रतियोगितामा ओमानले लगातार दोस्रो जित दर्ता गरेको छ । पहिलो त्रिकोणात्मक सिरिज अन्र्तगत स्कटल्याण्डमा जारी प्रतियोगितामा ओमानले आयोजकलाई ८ विकेटले हराउदै जितको श्रृखला जारी राखेको हो ।

घरेलु टोलीले दिएको १ सय ६९ रनको चुनौती ओमानले २९ बल अगावै २ विकेट गुमाएर भेट्टायो । ओमानलाई जिताउन ओपनर खावर अलीले नटआउट ७९ र एक्वीव ईल्यासले ६१ रनको योगदान गरे । जितेन्दर सिंहले १९ रन जोडे । स्कटल्याण्डका एड्रियन निल र मार्क वाटले समान एक विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको स्कटल्याण्ड ४४ दशमलब ४ ओभरमा १ सय ६८ रनमा समेटिएको थियो । कप्तान काएल कोएटजरले ५६ र क्रिस वाल्लासेले ३६ रन बनाए । म्याथु क्रसले ३३ रन जोडे ।
ओमानका खाबर अलीले ४ तथा जिस्हाम मसुद र अमिर कलिमले समान २ विकेट लिए । २ खेलबाट ओमानको ४ अंक भएको छ । पहिलो सिरिज खेलिरहेका स्कटल्याण्ड र पपुवा न्यु गिनी अंक बिहिन रुपमा रहेका छन् । लिग टु प्रतियोगिता नेपालसहित ७ एसोसिएट राष्ट्रबिचको विश्वकप छनोट प्रतियोगिता हो ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?