Logo

ग-ज-ल(गोमा प्रसाई)

न्युजडेस्क
२०७६ साउन ३१ , शुक्रबार ११:०८ मा प्रकाशित

चन्द्रमामा पनि दाग भेटिन्छ
मौनताको बदला जवाफ भेटिन्छ।।

आमाको आचलले आसु पुछ्न छोड्यो
दुख पोख्नलाइ प्रेमिकाको काख भेटिन्छ।

म गम्भीरतापुर्वक नियाली रहेछु
हरकोइको प्रेममा मजाक भेटिन्छ।

यहाँ खुब प्रतिस्पर्धा छ ब्यापार ब्यापारको
एउटाै छानोमुनी मिडिकल,भट्टीम सराब भेटिन्छ।

घर घरमा अन्याय र अत्याचार को प्रकोप बढीरदा
न्यायरूपी भासण ठोक्ने समाज भेटिन्छ।

मलाई कृष्णकि प्यारी राधा बन्नुछ
जुनिजुनी हाम्रो नाम एकसाथ भेटिन्छ।

कोहि भन्दैथियो मुल्यहिन छ जिबन
जसको खातामा करोडौंको हिसाब भेटिन्छ।।

चन्द्रमामा पनि दाग भेटिन्छ।
मौनताको बदला जवाफ भेटिन्छ।।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?