Logo

भ्रष्टाचारी वडा अध्यक्ष थापालाई कालोमोसो

न्युजडेस्क
२०७६ साउन ३० , बिहीबार ०९:०८ मा प्रकाशित

म्याग्दी,विहिबार साउन ३० गते ।
म्याग्दीको बेनी नगरपालिका २ का वडा अध्यक्ष हिराबहादुर थापालाई कालोमोसो लगाइएको छ । विप्लब नेतृत्व नेपाल कम्युनिष्ट पार्टी म्याग्दीले भ्रष्टाचार गरेको भन्दै विहिबार वडा कार्यालयमा थापालाई कालोमोसो लगाएको हो । भ्रष्टाचार गरेको,राजश्व संकलनमा नाताबातकृपाबात गरेको,बजेट वितरणमा मानोमानि गरेको लगायत आरोप लगाउँदै जनकारबाही स्वरुप कालोमोसो दलिएको नेपाल कम्युनिष्ट पार्टी म्याग्दीले जनाएको छ ।पटकपटक सुझाव दिँदापनि सुधार नभएकाले चेतावनी स्वरुप कालोमोसो दलेको पार्टीले जनाएको छ । देशको न्युज बाट

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?