Logo

आगलागीबाट ११ लाखको क्षती

कैलाश
२०७६ साउन २९ , बुधबार ०७:०८ मा प्रकाशित

मोरङ, श्रावण २९ गते ।

मोरङको पथरीशनिश्चरे नगरपालिका-२ लिच्चि डाडा स्थित होटलमा आगलागी हुदा ११ लाख बराबरको क्षती भएको छ । आज बिहान साढे ६ बजे सुकमाया राईको टिनको छानो बासको टाटि बेराले बनेको एकतले होटलमा बिधुतको तार सर्ट भई अचानक आगलागी हुदा होटल भित्र रहेको किराना सामान, फ्रिज, भाडावर्तन, फर्निचर र नगद ५ हजार रुपैया समेत जलेर नष्ट हुदा उक्त रकम बराबरको क्षती भएको हो । आगो ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोली र स्थानीय र दम्कलको सहयोगमा साढे ७ बजे नियन्त्रणमा लिईएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?