Logo

सन्दिपले पाए अमेरिकाको भिसा

कैलाश
२०७६ साउन २८ , मंगलबार ०२:०८ मा प्रकाशित

क्यारेबियन प्रिमियर लिग क्रिकेट खेल्न अमेरिका जान लागेका नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दिप लामिछानेले आजै अमेरिकाको भिसा पाएका छन् । बिहान उनलाई भिसा दिन अस्विकार गरेको दुतावासले दिउँसो सन्दिपलाई बोलाएर प्रबेशाज्ञाको अनुमती दिएको हो । राष्ट्रिय क्रिकेट टोलीका टिम म्यानेजर रमन सिवाकोटीका अनुसार दुतावासले आजै दोस्रो पटक सन्दिपलाई बोलाएर प्रक्रिया पुरा गरेको थियो । 

क्यारेबियन क्रिकेट लिग (सीपीएल) क्रिकेटको यो संस्करण आमागी भदौ १८ देखी असोज २५ गतेसम्म चल्नेछ । वेष्ट ईण्डिज र अमेरिकामा हुने प्रतियोगिताका लागि सन्दिपले आज बिहान अमेरिकी दुवातासमा भिसाको निवेदन दिएका थिए । 

तर उनलाई भिसा दिन दुतावासले अस्विकार गरेको थियो । त्यसलगत्तै सन्दिपले माईक्रोब्लगीङ साईट ट्वीटरमा अमेरिकी दुवावासले भिसा नदिएकोमा आर्चश्च बनेको भन्दै स्टाटस लेखेका थिए । लगत्तै दुतावासले बोलाएपछि उनको अमेरिका प्रबेशको बाटो खुल्ला भएको हो । यो सिजनको सिपीएलमा सन्दिप बार्बाडोस ट्रिडेन्टबाट खेल्नेछन् । भर्खरै क्यानडा प्रिमियर लिग खेलेर स्वदेश फर्किएका लामिछानेको अमेरिका भ्रमणको मिति भने तय भएको छैन् ।  

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?