राष्ट्रिय महिला फुटबल टिमले किर्गिस्तानमा ४ टोली सम्मिलित प्रतियोगिता खेल्ने

खेलकुद फूटबल

साउन २८, काठमाण्डौ  ।

नेपालमा आयोजना हुने १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको तयारीमा रहेको नेपाली महिला फुटबल टोलीले किर्गिस्तानमा अन्तराष्ट्रिय कप खेल्ने भएको छ । ४ टोली सम्मिलित नादेझ्दा कप फुटबलमा नेपाली महिला टोलीले सहभागीता जनाउने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । 

सेप्टेम्बर ६ देखी १३ सम्म हुने सो प्रतियोगितामा आयोजकसंगै नेपाल, उज्वेकिस्तान र ताजाकिस्तानले प्रतिस्पर्धा गर्नेछन्  ।

प्रतियोगिताको खेल तालिका भने सार्बजनिक भएको छैन । 

तपाइको प्रतिक्रिया दिनुहोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *